४१ वर्षीय एन्डरसनले भने क्रिकेटलाई अलबिदा

एजेन्सी। इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए ।  टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए। २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् । 

खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’ र त्यसपछि अलबिदा भने।खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद।

एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए । शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले। त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।

जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो । यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए । एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित