बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

विराटनगर । विराटनगर–३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार उक्त मन्दिर तथा सामुदायिक  भवनको उद्घाटन गर्नुभएको हो ।
भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकम बाट मन्दिर तथा सामुदायिक भवन बनेको हो । यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिबलिङ ल्याइएको हुदा यसको महत्व पनि उत्तिकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित