प्याब्सन सुनसरीका अध्यक्ष अनुप तामाङको हृदयघातबाट निधन

इटहरी । सुनसरी प्याब्सनका अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ । धरान निवासी तामाङलाइ हृदयघात भएपछि बिपी प्रतिस्ठान लगिए पनि बचाउने प्रयास असफल रहेकाे पारिवारिक श्राेतबाट बुझिएकाे छ ।  

मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर र धरान १२ स्थित एम्स एकेडेमीका पनि एमडि थिए । यसैबीच, आज सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित