सुन्दरहरैंचामा कृषि फार्म सञ्चालकको हत्या प्रकरण : फरार दम्पती कामदार धरानबाट पक्राउ

इटहरी। माेरङकाे  सुन्दरहरैचा नगरपालिका वाड नं. १ कुमार गाँउ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका संचालक ४९ वर्षीय सहदेव बजगाइँको हत्यामा संलग्न रहेको आशङ्का सहित प्रहरीले दुइजनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारीनगरपालिका वडा नम्बर ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय बजगाइँको बिहीबार कुखुरा फर्म भित्रै हत्या गरिएकाे अवस्थामा शव भेटिएकाे थियाे ।

घटना पछि अनुशन्धान सुरू गरेकाे माेङ प्रहरीले फरार रहेका फर्मका कामदार दम्पतीलाइ सुनसरीकाे धरान १२ स्थित बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेष्टहाउसबाट नियन्त्रणमा लिएकाे हाे । उनिहरूलाइ बिही बिहाननै नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । घटनाबारे थप अनुशन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।  

प्रतिक्रिया

सम्बन्धित