विराटनगरको फ्रेन्स होटलमा व्यापारीको शव भेटियो

इटहरी ।  माेरङकाे विराटनगर ९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा एक व्यवसायी मृत अवस्थामा फेला परेका छन ।  
रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो ।

परिवारका आफन्तहरूले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् । व्यापारी साह सो होटलमा बिहीबार दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित