फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा

एजेन्सी । फ्रान्समाथि पुनरागमन जित निकाल्दै स्पेन युरो कप-२०२४ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति म्युनिखमा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गाेल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो। 

पहिलो हाफको नवौँ मिनेटमा फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। केलियन एमबाप्पेको क्रसमा रान्डाल कोले मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो। 

तर खेलको २१औं मिनेटमा लामिन यमालको गोलमा स्पेन खेलमा फर्किएको थियो। जारी युरो कपमा उच्च प्रर्दशन गरिरहेका यामालले बक्स बाहिरबाट गरेको शसक्त प्रहारले पोष्टको जाली चुकेको थियो। 

त्यसको चार मिनेटपछि नै स्पेनले अग्रता दोब्बर पार्‍याे। २५औं मिनेटमा डानी ओल्मोको गोलमा स्पेनले अग्रता बनायो। त्यही अग्रतालाई जोगाउँदै स्पेन फाइनलमा पुगेको हो। स्पेनले युरोकप- २०२४ को उपाधिका लागि आज राति हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित