अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान

इटहरी । गुणस्तरीय शिक्षा सँगै खेलकुदमा पनि अब्बल इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुल कक्षा ७ मा अध्ययनरत छात्र शायन गुरुङले भारतमा सम्पन्न पहिलो भारत अन्तर्राष्ट्रिय तेक्वान्दाे प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेका छन् ।

भारतको सिलगुडीमा हालै सम्पन्न पहिलो भारत अन्तर्राष्ट्रिय तेक्वान्दाे प्रतियोगितामा इटहरी ४ स्थित बुढीगंगा मार्सल आर्टसबाट सहभागी शायन गुरुङले तिन दर्जन बढी प्रतिस्पर्धीलाई पछि पार्दै गोल्ड मेडल प्राप्त गरेका हुन । ४२ केजी तौल अन्तरगत छनौट भई प्रतिस्पर्धाबाट शायनले गोल्ड मेडल प्राप्त गरेका हुन । 

यसैबिच तेक्वान्दाेमा आफ्नो स्कुल सहित देशकै नाम उच्च बनाएको भन्दै पाथीभरा सेकेन्डरी बाेडिर्ङ स्कुलले कक्षा ७ मा अध्ययनरत शायन गुरुङलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालय परिसरमा एक कार्यक्रम बिच उनलाई बधाई तथा सम्मान ज्ञापन गरिएको स्कुलका प्रमुख निर्मल रिजालले बताए । 

प्रतिक्रिया

सम्बन्धित