इटहरीको बुढी र टेङ्ग्रा खोलामा बाढी , अधिकांश स्थान जलमग्न

इटहरी । चार घण्टा देखि लगातार परेको अविरल वर्षाका कारण इटहरीको बुढी खोला र टेङ्ग्रा खोलामा बाढी आउँदा अधिकांश क्षेत्र जलमग्न बनेको छ । सुनसरीको विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले खोला तथा पैनीहरूमा बाढी आउँदा तटीय क्षेत्र जलमग्न बनेको हो ।

इटहरीको टेङ्ग्रा खोलाले बिराटनगर लाइनका अधिकांश घरहरू जलमग्न बनेका छन् । खोलाले सतह पार गर्दा खनारका बस्तीहरू डुबानमा परेका हुन । त्यस्तै इटहरीको खेती खोलामा आएको बाढीले आसपासका क्षेत्रहरू जलमग्न बनेका छन् । तरहराको पैनीहरूमा पनि पानीले सतह पार गर्दा जनसहयोग मार्ग डुबानमा परेको छ ।

यता मौसम विभागले भने सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ,हरैचा, भाउन्ने र आसपास भारी वर्षा भइरहेको र थप हुने देखिएकाले सेउती,सर्दु, सुनसरी खोला, बुढी खोला,टेङ्ग्रा केसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने  साना खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना देखिएकाेले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित