विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले हालै कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न गरेको छ।    होटल म्यानेजमेन्ट , कम्प्युटर साइन्स , बिजिनेस स्टडी , ट्राभल एण्ड माउन्टेनेरिङ र कानुन विषयका लागि लिइएको परीक्षामा अधिक सङ्ख्यामा विद्यार्थी सहभागी भएको  विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिए । उनले लेटाङ, केराबारी, दुलारी, हरैँचा, रमाइलो , कानेपोखरी, लक्ष्मीमार्ग , बेलबारीका ३०३ जना विद्यार्थी पहिलो चरणको  परीक्षामा सहभागी भएकाे उल्लेख गरे । 

 पहिलो प्रवेश परीक्षामा छुटेका तर विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अर्को परीक्षा लिइने विद्यालयले जनाएको छ । दक्ष र पुराना शिक्षण समूह, यातायातको उपलब्धता, उत्कृष्ट नतिजा , शिक्षणमा आधुनिक प्रविधिको प्रयोग आदिले आकर्षित भएको विद्यार्थीले बताएका छन् ।

हाललाई एसईई परीक्षाको जिपिए र प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा छात्रवृत्ति प्रदान गरिएको तथा पछि अतिरिक्त क्रियाकलापहरू नृत्य , गायन, फुटबल , भलिबल ,  तेक्वान्दो , कराते साथै  एथलेटिक्समा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई थप छात्रवृत्ति प्रदान गरिने विद्यालयका सहायक प्रिन्सिपल जेवी थुलुङले बताए । 

  कक्षा ११ र १२ पढ्न इटहरी , बिराटनगर जाने गरेकोमा आफ्नै गाउँघरमा उत्कृष्ट शिक्षा प्राप्त हुनेभएपछि ढुक्क भएको अभिभावकहरूको प्रतिक्रिया रहेको छ।  गुणस्तरीय शिक्षाको नाममा कक्षा ११ र १२ पढ्नका लागि ठुला सहरतिर जाने क्रम घट्दै गएको र आफूहरूले अभिभावकको विश्वास जित्दै गएको हुनाले त्यो विश्वासलाई अक्षुण्ण राख्न लागिपर्ने प्रिन्सिपल बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित