महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा

सुनसरी । महिलाहरुलाई यौन व्यवसायमा लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। झापा बिर्तामोड नगरपालीका -८ गरामनी बस्ने वर्ष २४ की सन्ध्या चुडाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले विराटनगर महानगरपालिका-११ स्थित घर भाडामा लिई महिलाहरुलाई भेला पारी विराटनगर लगायत आसपास एरिया इलाकामा रहेका होटल, गित गजल, डान्सबारहरुमा काम लगाई दिने बाहानामा यौन व्यवसायमा जबरजस्ती लगाउने गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

चुडाल उक्त कार्यमा संलग्न भएको भनी पिडितबाट खुल्न आएकोले निजलाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तीहरुको खोजी कार्य भईरहेको एसपी कार्कीले बताए । पिडितहरुले दिएको किटानी जाहेरी अनुसार पिडित महिलाहरुलाई प्रलोभनमा पारी विराटनगरमा झिकाई बोलाई डर, त्रास, धम्की र कुटपिट समेत गरी यौन व्यवसाय कार्यमा जबरजस्ती लगाउने गरेको पाईएको उनले बताए।

उनीहरुको समूहले यौन व्यवसाय,मानव बेचविखन तथा ओसारपसार अपराध गरेको खुल्न आएकोले पिडितहरुको स्वास्थ्य जांच तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उक्त कसुरमा संलग्न निज प्रतिवादी संध्या चुडाललाई मोरङ जिल्ला अदालतबाट चार दिनको  म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउने छ भने यसमा संलग्न अन्यको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित