कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ / कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै कोलोम्बियाले पानामालाई क्वाटरफाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलोम्बिया खेल्दै छन् ।

पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच बुधबार बिहान हुदै छ भने दोस्रो सेमिफाइनल खेल विहिबार बिहान उरुग्वे र कोलोम्बियाबीच हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित