धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने

काठमाडौँ  / फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।

लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।
  

प्रतिक्रिया

सम्बन्धित