मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ : युवाहरू लिएर मनाेजकाे घरमा ताला लगाउन पुगेकि थिइन

इटहरी । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् ।

मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएकी थिइन् । तर मीनाले यो पल्ट भने घरमै चाबि लगाउँन पुगेकी हुन् । 

प्रतिक्रिया

सम्बन्धित