सप्तकाेशीमा पानीकाे बहाव याे वर्षकै उच्च : ५६ वटै ढाेका खाेलीयाे

इटहरी । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोशी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ। आज आइतबार बिहान ९ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ।काेशीमा पानीकाे सतह याे वर्षकै उचच भएपछि हाल ५६ वटै ढाेका खाेलीएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । 

शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए।  यादवका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो। अहिले ब्यारेजको ५६ वटै वटा ढोका खोलिएको छ। 

प्रतिक्रिया

सम्बन्धित