अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव

इटहरी । धनकुटास्थित अरुण नदी र तमोर नदीमा बाढी बढ्दै गएकाले यी नदी आसपासका बासिन्दालाई दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

विभागका अनुसार धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा जलसतह सतर्कताले तह पार गरेको छ र बढ्दो क्रममा छ। अतः नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ। 

यसैगरी धनकुटाकै त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र बढ्दो क्रममा छ। त्यसैले उक्त नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ। 

प्रतिक्रिया

सम्बन्धित