इङल्याण्ड युरोकपको सेमिफाइनलमा

एजेन्सी । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वार्टर फाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

यसअघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए । यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ । त्यस्तै, अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दैछन् । यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित