युरो कप २०२४: टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

एजेन्सी । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ । गए राति सम्पन्न जारी युरोकपको क्वार्टर फाइनलमा टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै, टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १–० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार व्यहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।

यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ । त्यस्तै, अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् । त्यस्तै, यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित