इटहरी बलात्कार घटना : फरार तपेन्द्र थापा पक्राउ

 इटहरी । सुनसरीको इटहरीस्थित एक होटलमा १९ वर्षिय किशोरी बलात्कार गरि फरार तपन भनिने तपेन्द्र थापा पक्राउ परेका छन । इटहरी वडा नं ६ स्थित एक आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीको टोलीले बिहीबार साझ पक्राउ गरेको हो । किशोरी बलात्कार पछि फरार थापालाइ प्रहरीले खोजि कार्य तिब्र बनाएको थियो ।

पारिवारिक समस्यामा परेकि एक १९ वर्षिय किशोरीलाइ धरानबाट तरहरा हुदै इटहरीस्थित एक होटलमा ल्याएर बलात्कार गरी थापा फरार भएका थिए ।गाइघाट घर भएकि ति किशारी धरानमा डेरा लिएर बसेको प्रहरी अनुशन्धानबाट खुलेको छ । गएको असार ८ गते बुधबार राती धरानको एमएस क्लब अघाडी  उभिएको देखेर सहयोग गर्ने भन्दै ति किशोरीलाइ एक होटलमा बलात्कार गरि  थापा फरार भएका थिए । 

घटना पछि पिडित किशोरीले प्रहरीमा उजुरी दिए लगत्तै अभियुक्त थापाको खोजी कार्य तिब्र बनाइएको थियो । बलात्कार गरी फरार थापालाइ घटनाकाे १३ दिनपछि प्रहरीले पक्राउ गरेकाे हाे ।  थापा गत तिन महिना अघि मात्र अमेरिकाबाट घुम्न भनी इटहरी आएका थिए । पक्राउ थापालाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि आवस्यकिय अनुशन्धान प्रकृिया अघि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित