काभ्रेमा अबरुद्ध सडक खुल्यो

काभ्रे । अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरिले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अबरुद्ध भएको पछि सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अबरुद्ध स्थानहरुको पहिरो पन्छाएको हो  । अहिले सो सडकमा यातायात सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित