गुणस्तरीय शिक्षामा अब्बल इटहरीकाे कस्तुरी कलेज

इटहरी ।  गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको  सुनसरीकाे इटहरी स्थित  कस्तुरी कलेज स्थापनाकालदेखि नै विद्यार्थीहरूको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको  छ । इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा उक्त कलेज वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।

कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेका अनुसार पूर्वाञ्चलमै स्तरीय तथा अत्याधुनिक ल्याव भएको कलेजमा साइन्स, म्यानेजमेन्ट र कम्युटर साइन्स विषय अध्यापन हुँदै आएको छ । स्थापनाकालदेखि नै विद्यार्थीहरूको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको उनले बताए । एसईईको नतिजा प्रकाशित भएसँगै कस्तुरी कलेजमा कक्षा ११ लागि भर्ना हुने विद्यार्थीको संख्यासमेत वृद्धि भइरहेको न्यौपाने बताउँछन् ।

प्रवेश परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पूर्ण छात्रवृत्तिसहित अध्यापन भइरहेको उनले जनाए । असार २२ गते शनिबार प्रवेश परीक्षा रहेको र एक सयभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने उनको भनाइ छ । ‘दक्ष तथा अनुभवी शिक्षकहरूद्धारा आधुनिक पद्धतिको प्रयोग गरी पठनपाठन गराइन्छ,’ उनले भने, ‘सुविधा सम्पन्न पुस्तकलायसँगै अत्याधुनिक र सुविधा सम्पन्न साइन्स ल्याव, कम्प्युटर ल्याव लगायतको व्यवस्था हुँदासमेत विद्यार्थीको आकर्षण बढिरहेको छ ।’ उनका अनुसार बिहानी र दिवा सत्र गरी दुई सिफ्टमा अध्यापन हुँदै आएको छ ।

दिवा सत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको साथै पहाडी जिल्लाबाट अध्यापनका लागि आउने विद्यार्थीहरूका लागि विशेष ग्राह्यता राखिने कलेजको दाबी छ । न्यौपानेका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

कलेज प्रशासनका अनुसार कलेज बस बिहान र दिउँसो दुवै सिफ्टमा इनरुवा, लौकही, चक्रघट्टी, प्रकाशपुर पुग्नेछ । यसैगरी पूर्वतर्फ बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने र डाँगीहाटसम्म बसको सुविधा रहेको छ । यता, तरहरा आसपासका भित्री गाउँसम्म र दक्षिणतर्फ खनार, दुहबीसम्म बसको सुविधा रहेको कलेजले जनाएको छ । कलेजमा हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको छ । २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिई सेमेष्टर प्रणालीमा आधारित बिबिए अध्यापनको सुरुआत गरिएको उनले बताए ।

उनका अनुसार बिबिए अध्ययनरत विद्यार्थीहरूले २ पटक नेपाल टप गरी गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् । उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार प्लस २ सञ्चालित उच्च माविहरूले स्कुल समेत सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम वि.सं. २०६३ सालमा कस्तुरी एकेडेमी स्थापना भएको उनको भनाइ छ । न्यौपानेका अनुसार स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल कलेजको गुणस्तरीय शिक्षाका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित