तेह्रथुमकाे साेल्मामा छाेराले गरे घाँटी रेटेर आमाको हत्या

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपरान्ह ४ बजे २३ वर्षीय दिपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् ।

सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । खकुरी प्रहारपछि आमा तीलमायाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा दिपकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित