बाल सदन एकेडेमीलाई अन्तर्राष्ट्रिय पदक

सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीका दुई विद्यार्थीले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् ।       प्रथम भारत अन्तरास्ट्रिय तेक्वान्दोमा  बाल सदन एकेडेमीकी बिद्यार्थी रेवा काफ्ले ले female sub-junior Poomsea विधामा स्वर्ण पदक जित्न सफल भएको विद्यालयका प्रवन्ध निर्देशक तथा तेक्वान्दो प्रशिक्षक सुर्य दंगालले जानकारी दिए ।

उनले अर्की बिद्यार्थी यशस्वी लम्सालले female sub-jinior kyurogi U-29 kg विधामा स्वर्ण पदक जित्न सफल भएको बताए ।

दुवै बिद्यार्थीले टिम नेपालको प्रतिनिधत्व गरेका थिए । भारतको सिलिगुडीमा june 29 र 30 मा आयोजित प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका कुल ४ सय ५०  खेलाडीको सहभागिता रहेको थियाे । जसमा टिम नेपालले प्रथम स्थान हासिल गरेको दंगालले बताए ।

प्रतिक्रिया

सम्बन्धित