इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु

इटहरी । इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’ अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरु सँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ। इटहरी वडा नं. १ को बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।

सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो । इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए। ‘उज्यालो इटहरी ’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा मात्र नभई वडाहरुको प्रत्येक खाली पोलहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।

’ नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन्। उप महानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन । विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन् । इटहरीको जंङगल आसपास हात्ती आतंक र शहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ती जडानको काम हुदैछ बिधुत शाखाका प्रमुख उमेश चौधरीले भने । निरन्तर वडाहरुमा जडानको काम भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित