इटहरीमा डा. शशांक कोइरालाकाे डेढ घण्टा , एमाले कांग्रेस मिले लाेकतन्त्र बलीयाे हुन्छ

इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सरकार गठनकै लागि दुई ठूला दल एकापसमा मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आज (बुधबार) इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेसँगै नयाँ सत्ता समीकरण बनाएर सरकारमा सहभागी हुन पाएकोमा कांग्रेसका अरु शीर्ष नेताले उत्साहपूर्ण अभिव्यक्ति दिइरहेका बेला सोही दलका शीर्ष तहका नेता कोइरालाको भने फरक मत आएको हो । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको बलियो विपक्षी हो । तर, दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्नसक्छ’, उनले भने । सत्तापक्षको कमजोरीमा प्रश्न उठाउन नसक्ने विपक्षी भए कसरी लोकतन्त्र बलियो हुन्छ भन्दै कोइरालाले प्रतिप्रश्न गरे ।

कांग्रेसकै कारण कम्युनिष्ट स्थापित भएको दाबी गर्दै कोइरालाले नेपालमा कम्युनिष्टसँग मिल्नु हुन्न भन्ने पक्षमा आफ्नो मान्यता रहेको सुनाए । ‘चुनाव हार्ना साथ उनीहरूसँग मिल्नु पर्ने केही कारण छैन’, उनको भनाइ छ । संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्ने कोइरालाको सुझाव थियो । राजनीतिक दलहरूले समेत आन्तरिक रूपमा विकेन्द्रीकरण अनुशरण गर्दै कार्यान्वयनमा जानुपर्ने कोइरालाले बताए । उनले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र विकेन्द्रीकरणबाटै थप सुदृढ हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित