युरोकप :अष्ट्रियालाई हराउँदै टर्की क्वार्टर फाइनलमा

एजेन्सी । अष्ट्रियालाई हराउँदै टर्की युरोकपको क्वार्टर फाइनल पुगेको छ । जर्मनीको लाइप्जिगमा गए राति भएको खेलमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काए पनि बराबरी भने गर्न सकेन ।

खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई गोल दिलएका थिए । आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरे पनि डेमीरालले ६ यार्ड बक्सभित्रबाट गोल गर्न सफल भए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । ६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए ।

त्यसपछि अष्ट्रियाले लगातार आक्रमण गरे पनि सफल भएन । अब टर्कीले क्वार्टर फाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । यसअघि नेदरल्याण्ड्सले रोमानियामाथि ३–० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । अन्य क्वार्टर फाइनलमा स्पेनले जर्मनी, इङल्याण्डले स्विटजरल्याण्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित