इटहरीका सामुदायिक विद्यालयहरूको परीक्षा परिणाम निराशाजनक, पाँच बिध्यालयकाे अवस्था नाजुक

इटहरी / इटहरीमा रहेका केही सामुदायिक विद्यालयका विद्यार्थीहरूको नतिजा अत्यन्त कमजोर देखिएको छ। कुल १८ सामुदायिक विद्यालयका एक हजार २८५ विद्यार्थी सामेल भएको परीक्षामा ५२० जना मात्र उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ४०.४६ रहेको छ।

इटहरीस्थित महेन्द्र माविका ४६ विद्यार्थीले एसईई परीक्षा दिएकोमा केवल निमिसा याक्खा मात्र उत्तीर्ण भएकी छिन्। यस्तै, इटहरी ७ मा रहेको लक्ष्मी माविबाट ३० विद्यार्थीले एसईई दिएकोमा नाम्य चौधरी मात्र उत्तीर्ण भएका छन्। इटहरी १७ मा रहेको जनजागृति माविबाट १४ विद्यार्थीले परीक्षा दिएकोमा शुष्माकुमारी राजवंशी मात्र उत्तीर्ण भएकी छिन्।

इटहरीको सरस्वती माविबाट ४२ विद्यार्थीले परीक्षा दिएकोमा १७ विद्यार्थी उत्तीर्ण भएका छन्। इटहरी १७ मा रहेको पकली माविबाट ४६ विद्यार्थीले परीक्षा दिएकोमा १५ विद्यार्थी उत्तीर्ण भएका छन्। इटहरी २० तरहरामा रहेको जनसहयोग माविबाट १५० विद्यार्थीले परीक्षा दिएकोमा ५९ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। इटहरी १२ स्थित शारदा माविबाट १०० विद्यार्थीले परीक्षा दिएकोमा ४० विद्यार्थी उत्तीर्ण भएका छन्।

इटहरी १४ मा रहेको शान्ति सृजना माविबाट २६ विद्यार्थीले परीक्षा दिएकोमा ४ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। इटहरी २ कचना माविबाट ६७ विद्यार्थीले परीक्षा दिएकोमा ११ विद्यार्थी उत्तीर्ण भएका छन्। इटहरी ६ मा रहेको कबिर माविबाट ६० विद्यार्थीले परीक्षा दिएकोमा २१ विद्यार्थी उत्तीर्ण भएका छन्। इटहरी १९ मा रहेको जब्दी माविबाट १९ विद्यार्थीले परीक्षा दिएकोमा ६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। इटहरी ६ मा रहेको जनता माविबाट २७७ विद्यार्थीले परीक्षा दिएकोमा १३८ विद्यार्थी उत्तीर्ण भएका छन्।

इटहरीकै ज्योति माविबाट ७४ विद्यार्थीले परीक्षा दिएकोमा ११ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। इटहरीमै रहेको सरस्वती जब्दी माविबाट ४२ विद्यार्थीले परीक्षा दिएकोमा १७ विद्यार्थी उत्तीर्ण भएका छन्। इटहरी ८ मा रहेको सरस्वती सदन माविबाट ५५ विद्यार्थीले परीक्षा दिएकोमा ७ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। इटहरीमै रहेको राष्ट्रिय माविबाट १०५ विद्यार्थीले परीक्षा दिएकोमा ९० विद्यार्थी उत्तीर्ण भएका छन्।

प्रतिक्रिया

सम्बन्धित