लायन्स इन्टरनेश्नलद्वारा राजमार्गको डिभाइडरमा वृहत वृक्षाराेपण (फाेटाे फिचर )

इटहरी । सुनसरीको धरानस्थित लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ ऋको एरिया ५ का सदस्यहरूले कोशी राजमार्ग अन्तरगत धरानको सिमा प्रारम्भ भएको स्थान देखि एक किलो मिटर समम बृक्षारोपण गरेको छ । राजमार्ग देखि शहर सम्मलाइ हराभरा र स्वच्छ राख्न वृक्षारोपण गरिएको कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन एकता श्रेष्ठले बताइन् । धरानको सिमा प्रारम्भस्थल सेउती पुल पारी राजमार्गको बिच भागमा ३ सय बढी बिरूवाहरू रोपिएको हो ।

धरानमा रहेका २० वटा लायन्स क्लबहरु र व्रिटिस गोरखा भूपू सैनिकहरुको सहयोगमा वृहत वृक्षारोपण गरिएको लायन एरिया ५ की चिफ कमला लिम्बुले जानकारी दिइन् । बिभिन्न सामाजिक कामहरूमा सकृिय हुदै आएको लायन्स इन्टरनेश्नलले वातावरणलाइ श्वच्छ राखौ , स्वस्थ् जिवन बाचौ भन्ने नाराका साथ बृक्षारोपण गरिएको लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ C को एरिया ५ कि अध्यक्ष कमला लिम्बुले बताइन ।

राजमार्ग क्षेत्रमा वकमवेलीया , घण्टीफुल , वैंश , पाल्म लगायतका रूखहरू रोपिएको जनाइPको छ । जहा आवस्यक्ता त्यहा लायन्स भन्ने मुल नाराका साथ स्थापना भएको यो संस्थाले बिगतका दिनहरूमा पनि बिभिन्न सामाजिक कामहरू गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघा रहेका थिए । उपमेयर बेघाले रोपेको विरुवाहरुको संरक्षणको चुनौती रहने भन्दै उनले जोगाउने दायित्व सबैको रहेको बताए । यद्यपी उनले सार्वजनिक रुपमा रहेको संंरचनाहरुको संरक्षण धरान उपमहानरपालिको हुने र उपमहानगरको स्रोत, साधनले भ्याएसम्म संरक्षण गर्ने प्रतिवद्धता पनि जनाए ।  कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन एकता श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

 

lions2

 

 

प्रतिक्रिया

सम्बन्धित