एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप

इटहरी/ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको कारण उपभोक्ताहरुको रकम भुक्तानी दिन नसकेको आरोप लगाउनुभएको छ। सोमबार राखेको कार्यपालिका बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि मेयर पौडेलले यस्तो आरोप लगाउनुभएको हो।

पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरुको करोडौ रुपैया भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ। मेयर पौडेलले कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरुले भुक्तानी पाउने भन्दै त्यहि कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको गुनासो गर्नुभयो।

गत असार १०गते भित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलको भनाई छ। नगरपालिकासँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैलाएको भन्दै नगरपालिकासँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ। 

आज(सोमबार) दिउसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरेपनि नेपाली कांग्रेसबाट निर्वाचित ५जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताउनुभएको हो।

इटहरी उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ६का अध्यक्ष दिवश पोखरेलले बारम्बार एमाले प्रतिनिधीका अबरोधका कारण उपभोक्ताले भुत्तानी नपाएको गुनासो गर्नुभयो। उपभोक्ताहरुले वडा घेर्ने अवस्था भएको भन्दै उपभोक्ताहरुलाई भुक्तानी दिन लाग्नुपर्ने बताउनुभयो। 

इटहरी २०का वडा अध्यक्ष मणिराम श्रेष्ठले उपभोक्ताहरुले भुक्तानी नपाउँदा समस्या भईरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमती जनाउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित