सुविजीमुरकाे एसइइमा विद्यार्थीले ल्याए सफल नतिजा : ओमकप्रकाश पराजुलीले ल्याए ३.९६ जिपिए

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूले २०८० सालको एसइइ परीक्षामा उत्कृष्ट अंक सहित सफल नतिजा ल्याएका छन् । सहभागी बिद्यार्थीहरूले परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ ।

विद्यालयका मेधाबी छात्र ओमकप्रकाश पराजुलीले ३.९६ जिपिए ल्याउँन सफल भएका छन् । साथै सहभागी विद्यार्थीहरूमध्ये १३ जनाले A+, २२ जनाले A तथा बाँकी ८ जनाले B+ ग्रेड प्राप्त गरेकाे विद्यालयले जनाएको छ ।

किताबी ज्ञान सँगै व्यवहारिक , संस्कार सहित प्रयाेगात्मक शिक्षालाई प्राथमिकता दिँदै आएको विद्यालयका प्रिन्सिपल गाेविन्द कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित