असार २० गते बिहिबार सुस्मा गाेदावारी कलेजकाे इन्ट्रान्स हुने

 इटहरी । एसइइ रिजल्ट पछि उत्कृष्ट नतिजा ल्याइ कुन कलेज पढ्ने भनेर अलमल्लमा पर्नुभएको छ । यदि त्यसो हो भने कक्षा ११ मा भर्ना हुन चाहने नयाँ बिद्यार्थीहरूकालागि   इटहरीस्थित सुस्मा गाेदावारी कलेजले आगामी असार २० गते  बिहिबार इन्ट्रान्स  लिने भएकाे छ ।

यो पटक फरक ढंगले इन्ट्रान्सकाे व्यवस्था गरेको कलेज प्रशासनले जनाएको छ ।  शिक्षा क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल यस कलेजले  साइन्स , म्यानेजमेन्ट र हाेटल म्यानेजमेन्ट तर्फ  इन्ट्रान्सकाे व्यवस्था गरेको हाे ।

पछिल्लो समय विद्यार्थीहरूले अत्यधिक रूचाइएकाे विषयहरूलाई फोकस गरेर इन्ट्रान्सकाे व्यवस्था गरेको हो । इटहरीमा हाेटल म्यानेजमेन्ट र हस्पिटालिटि विषयको अध्ययन गराउने पहिलो कलेज रहेकाे सुषमाले अहिले सम्म सयाै विद्यार्थीहरूलाई यसै विषयमा अब्बल बनाइसकेको छ । किताबको ज्ञान सँगै व्यवहारिक  र प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको सुस्मा गाेदावारी कलेज इटहरी मात्र नभई कोसी प्रदेशमै उत्कृष्ट साबित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित