इटहरीमा ग्राफिकाकाे एक दिने डिजिटल मार्केटिङ तथा साइवर सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न

इटहरी । इटहरी स्थित ग्राफिका इन्टरनेश्नलले डिजिटल मार्केटिङ तथा साइबर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ । बढ्दो सूचना प्रविधिको विकास सँगै यसको सदुपयोगबारे सचेतना र अनलाइनबाट गरिने बजार व्यवस्थापन तथा बिस्तारबाट आफू लगायत समाजलाई पुग्ने फाइदाबारे कार्यशालामा चर्चा गरिएको थियो । कार्यशालामा एसइअाे, इमेल मार्केटिङ, साेसल मिडिया मार्केटिङ, साइबर सेक्युरिटी लगायतका बिषयमा जानकारी दिएकाे ग्राफिका इनटरनेशल प्रालीका डाइरेक्टर गायत्री बास्काेटाले बताइन्।

सँग सँगै सूचना प्रविधिको बढ्दो दुरुपयोग र यसले समाज लगायत देसलाई पुग्ने नकारात्मक असरबारे पनि कार्यशालामा प्रस्तुत गरिएको थियो । अबको युग डिजिटलमा गइसकेकोले विद्यार्थीहरूले घरमै बसेर अनलाइन जवहरू गर्न सक्ने , घरबसेर आय आर्जनका उपायहरू अपनाउ सकिने , टेक्नोलोजीबारे अध्ययन गरी त्यसलाई सदुपयोग गर्न सके आफै आत्मनिर्भर बन्न सकिने जस्ता कुरा कार्यशालामा दर्साइएको थियो । त्यस्तै पछिल्लो समय बढ्दाे साइबर अपराध न्युनिकरणबारे पनि चर्चा गरिएको थियो ।

कार्यशालामा आफ्नो फेसबुक तथा सामाजिक सञ्जाललाई कसरी सुरक्षा प्रदान गर्ने ? ह्याक हुन नदिन के कस्ता उपाय अपनाउनु पर्ने र ह्याक भइहाले के गर्ने जस्ता विषय वस्तु दर्साइएको थियो । कार्यशालामा ७० जना भन्दा बढी विद्यार्थी एवम् किशोर किशोरीहरूको उपस्थिति रहेको थियो । सिकेको सिपलाई जीवनमा उतार्न आफूहरू लागिपर्ने विद्यार्थीहरूले धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित