जीपीए ४ ल्याउने दुई जना विद्यार्थीलाई पथरीकाे रेडस्टार स्कुलले दियाे एक लाख पुरस्कार

माेरङ ।  मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई जना छात्रलाई एक लाख रूपैया प्रदान गरेको छ ।

२०८० को एसइई परीक्षामा छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण गरेपछि जनहि ५० हजारको दरले   शुक्रबार बधाई शुभकामना कार्यक्रमको आयोजना गरी पुरस्कार स्वरुप साे रकम प्रदान गरिएकाे प्रिन्सिपल टिएन तिम्सिनाले बताए ।। 

देश अनि प्रदेशमै उत्कृष्ट जीपीए ल्याएर दुई छात्र एसइई उतिर्ण भएकोमा शुक्रबार बधाई शुभकामना कार्यक्रम राखेर स्कुलले विद्यार्थी र अभिभावीच खुसियाली बाँडेको थियो । प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालय र शिक्षकहरुको लामो मेहनतले जीपीए—४ ल्याउन सफल भएको बताए । रेडस्टारमा अध्ययनरत छात्र, छात्रालाई देशमै उत्कृष्ट अंक ल्याउने, व्यावहारिक र सामाजिक बनाउने लक्ष्य अनुसार सफलता प्राप्तहुँदै गएको प्रिन्सिपन तिम्सिनाले बताए ।

कार्यक्रममा जीपीए—४ ल्याउने छात्र अजय लिम्बूकी आमा गंगा लिम्बू र सतिस अचार्यको बाबा तिर्थ आचार्यले देशमै उत्कृष्ट जीपीए ल्याउन मेहनत गर्ने रेडस्टार स्कुल व्यवस्थापकहरु र शिक्षकहरुलाई धन्यवाद दिए । अभिभावक तिर्थ आचार्यले छोराछोरीलाई गलत संगत, सामाजिक सञ्जाल तथा घर परिवार र समाजिक समस्याबाट टाढा राख्न सक्नुपर्ने सुझाव पेस गरेका थिए ।

जीपीए—४ ल्याउने लिम्बू र आचार्यले घरमा असल संस्कार, शैक्षिक वातावरण तथा विद्यालयमा शिक्षकहरुको मेहनतको कारण आफूहरु उच्च जीपीए ल्याउन सफल भएको बताएका छन । दुवै जनाले कक्षा—११ रेडस्टारमै पढ्ने बताएका छन ।

कार्यक्रममा रेडस्टार बोर्डिङ स्कुल सञ्चालक÷निर्देशक राजु तिम्सिना, सदस्य विजय डाँगी, सुजन बास्तोला भाईस प्रिन्सिपल बसन्त मादेन लगाए शिक्षक, अभिभावक तथा विद्यार्र्थीहरु सहभागी रहेका थिए ।

एसइई उतिर्ण सम्पूर्ण विदार्थीहरुलाई टीका तथा माला लगाएर बधाई शुभकामना दिएका थिए । जीपीए—४ देशभर १८६, मोरङ जिल्लामा ८ जनाले ल्याएकोमा रेडस्टार बोर्डिङमा २ जनाले ल्याएको हो । रेडस्टारबाट ७५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । रेडस्टारको छात्र विपिन पोखरेलले कक्षा १२ मा ३.८१ जीपीए ल्याएर प्रदेशकै उत्कृष्ट भएका थिए । रेडस्टार स्कुल आईएसए अवार्डेड विद्यालय हो ।

प्रतिक्रिया

सम्बन्धित