एसइइमा शत प्रतिशत नतिजा हासिल गर्न सफल पाथीभरा स्कुल, सबै विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

इटहरी ।  सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका बडा नं. ४ स्थित भेटघाट चोकमा रहेको पाथीभरा माध्यमिक विद्यालयले २०८० सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । बिहीबार प्रकाशित परीक्षाफलमा स्कुलका ३२ जना विद्यार्थीहरू मध्ये  ३.८० - ४ जिपिए प्राप्त गर्ने ५ जना, ३.६० - ३.७९ जिपिए १५ जना, ३.५० - ३.५९ जिपिए ८ जना तथा ३.३८ - ३.४९ जिपिए ३ जना रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिनुभएको छ ।

साथै अन्य वर्षको तुलनामा यस वर्षको नतिजा अत्यन्तै उत्कृष्ट रहेको र उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयका अध्यक्ष निर्मलकुमार रिजाल साथै प्रधानाध्यापक लगायत सम्पूर्ण पाथीभरा माध्यमिक विद्यालय परिवारले हार्दिक वधाई ज्ञापन गर्दै उत्तरोत्तर  प्रगतिको कामना समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित