अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

एजेन्सी । इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानुनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सय बढी कानुनी मुद्दामा फसेका छन् ।

उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए । ७१ वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानुनअनुसार बिबीको सम्बन्धविच्छेद भए लगत्तै विवाह भएको कसुरमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।

इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगन गरे र जुलाई १२ मा फैसला सुनाउने बताए । सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो ।

यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचार कसुरमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो । खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उनी अवैध विवाहको कसुरमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा छन् । 

प्रतिक्रिया

सम्बन्धित