एसइइमा शतप्रतिशत उतकृष्ट नतिजा ल्याउन सफल बेबिलाेन

इटहरी । गुणस्तरीय शिक्षामा अब्बल इटहरीको बेबिलाेन सेकेन्डरी स्कुलले वर्ष २०८० को एसइइ परीक्षामा उतकृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सहभागी ५४ जना विद्यार्थीहरूले नै उत्कृष्ट नतिजा ल्याइ एसइइमा शतप्रतिशत बनेको हो । विद्यार्थीहरू मध्ये १२ जनाले ए प्लस , ३७ जनाले ए ४ जनाले बि प्लस र एक जनाले बि ग्रेड ल्याएका छन् ।

हरेक वर्षको एसइइ परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल बनेको बेबीलाेन स्कुलले किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा र संस्कार सहितको शिक्षालाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित