एसइइमा इटहरीकै उत्कृष्ट ग्रिन पिस नमुना कलेज : लाेरिमले ल्याइन ४.० जिपिए

इटहरी । सुनसरीको इटहरी स्थित ग्रिन पिस नमुनाका विद्यार्थीहरूले वर्ष २०८० को एसइइ परीक्षामा इटहरी भित्रकै सबैभन्दा उच्च अंक प्राप्त गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । ८१ जना सहभागी विद्यार्थीहरू मध्ये लाेरिम लिम्बुले ४.० जिपिए ल्याएकी छिन भने २८ जनाले ए प्लस , ४५ जनाले ए ग्रेड ल्याएका हुन ।

४.० जिपिए ल्याउने लाेरिम इटहरी भित्र सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रहेको विद्यालयले जनाएकाे छ । किताबी ज्ञान सँगै व्यवहारिक शिक्षा र संस्कार सहितको शिक्षालाई प्राथमिकता दिँदै आएको ग्रिन पिस नमुना इटहरी भित्र र बाहिर पनि त्यतिकै प्रसिद्ध छ । विभिन्न समयमा विद्यालयमा भित्र हुने अतिरिक्त क्रियाकलाप सँगै विद्यार्थीहरू भित्र लुकेका प्रतिभा प्रस्फुटन गराउँदै आएको यस स्कुल अभिभावकहरूमाझ लोकप्रिय रहेकाे छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित