राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा एक मन्त्री पक्राउ

एजेन्सी । माल्दिभ्सका राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरण मन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुई जनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

‘राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ । मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित