मोरङमा बाढीले बगाउँदा विद्यालय हिंडेका एक बालकको मृत्यु, चार जनाको उद्धार

मोरङ । मोरङ केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलाको बाढीले बगाएका पाँचमध्ये एक बालकको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गरेका बालबालिकालाई बाढीले बगाएको थियो ।

तीमध्ये चार जनाको उद्धार गरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केराबारी–४ का चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाउँदा बेपत्ता थिए । आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा उनको शव भेटिएको हो ।

उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रबिन राई र १२ वर्षीय अर्पन लिम्बूलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका छन् । उनीहरूलाई आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित