सर्पले डसेर झापामा १२ बर्षीया मनिषाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिकामा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । कचनकवल गाउँपालिका–३ ठूलो केचना बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई मंगलबार अपराह्न सर्पले डसेको थियो ।

आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेपछि उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सर्पको बिगबिगी व्यापक रहेको कचनकवलमा सर्पदंशबाट बर्सेनि स्थानीयले ज्यान गुमाउँदै आएका छन् । केही समयअघि त्यहाँ सर्पदंश उपचार केन्द्र समेत स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित