अविरल वर्षाले बिराटनगर जलमग्न , दक्षिण भेगमा घर भित्र पस्याे बाढी ,यातायात अवरूद्ध

इटहरी । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिका क्षेत्र डुबानमा परेको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार महानगरपालिकाका सबैजसो वडाका बस्तीमा पानी पसेको छ। ‘अहिले हामी सहजीकरण र उद्धारमा खटिरहेका छौँ’, उनले भने, ‘दुईतिरको खोलाले महानगरपालिकाका सबै वडा प्रभावित भएका छन्।’

उनका अनुसार विराटनगर महानगरपालिका क्षेत्रका पूर्व र पश्चिम रहेका दुई खोलामा आएको बाढीले नजिकका गाउँबस्ती जलमग्न भएका हुन्।उनका अनुसार महानगरपालिकाको पूर्व केसलिया खोला छ भने पश्चिम सिंगिया खोला छ।  महानगरपालिकाका १, २, ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित