कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना क्वार्टर फाइनलमा, क्यानडाले पेरुलाई हरायो

एजेन्सी  । लउटारो मार्टिनेजले गरेको एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले बुधबार चिलीलाई कोपा अमेरिका २०२४ मा १–० ले हराएको छ । समूह ‘ए’ को खेलमा मार्टिनेजले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।

पूरा खेलमा अर्जेन्टिना गोलका लागि संघर्ष रह्यो । यो जितपछि विश्वकप विजेता अर्जेन्टिना दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा रह्यो । यससँगै अर्जेन्टिनाले क्वार्टर फाइनलमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ । त्यस अगाडि यसै समूहको खेलका क्यानाडाले पेरुलाई १–० ले हराएको थियो । अर्जेन्टिनाको पछाडि दोस्रोमा क्यानाडा तीन अंकमा रह्यो । पेरु र चिलीको एक एक अंक छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानाडालाई २–० ले हराएको थियो ।

क्यानाडाले दोस्रो खेलमा प्राप्त जितमा भने एक मात्र गोल जोनाथन डेविडले ७४ औं मिनेटमा गरे । म्याक्सिमिलिनो आरुजोले ५९ औं मिनेटमा रातो कार्ड खाएपछि पेरु १० खेलाडीमा सीमित रहेको थियो । क्यानाडाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो २४ वर्षयता पहिलो हो । अब समूहको अन्तिम दिनको खेलमा अर्जेन्टिनाले पेरु तथा क्यानाडाले चिलीको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित