ओखलढुंगामा मध्यरात घरमाथी पहिरो खस्याे : श्रीमतीको मृत्यु, श्रीमान र छोरी घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गए राति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते भएका मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् । उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित