एक्सपर्टको बृहत् एजुकेसन फेयर सम्पन्न : दुई हजार बढीले गरे अबलाेकन (तस्विरहरू सहित)

इटहरी । सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले वृहत एजुकेशन फेयर २०२४ सम्पन्न गरेको छ । एजुकेसन फेयरमा युके र न्युजिल्यान्ड लाई फोकस गरिएको थियो । नेपाली विद्यार्थीहरूको रोजाई पछिल्लो समय युके र न्युजिल्यान्डमा पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटीहरू सँग सहकार्य गरी बिद्यार्थीहरूलाइ प्रोत्साहन तथा परामर्श दिन इटहरीमा बृहत् एजुकेसन फेयर गरेको हो । उक्त फेयरमा इटहरी लगायत आसपासका दुई हजार विद्यार्थीहरू लाभान्वित भएका छन् ।

विद्यार्थीहरूले न्युजिल्यान्ड र युकेका प्रतिनिधिहरू सँग प्रत्यक्ष भेट र भलाकुसारी गर्ने अवसर प्राप्त गरेका थिए । पछिल्लो समय युके र न्युजिल्यान्डमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल र अध्ययन सकी सकेपछि पोस्ट स्टडी वर्क तथा इन्टर्नसिप जस्ता कार्यक्रम रहेको हुँदा नेपाली विद्यार्थीहरू आकर्षित रहेका छन् । यसैलाई मध्यनजर गर्दै दुवै देशका टप कलेज एव युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्तालाप हुने गरी बृहत् एजुकेसन फेयर गरिएको एक्सपर्ट इटहरीका  प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित