कोशीका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध परेको रिट खारेज, हिकमत सरकारले पायो निरन्तरता
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै एमाले र माओवादीलगायतका दल सम्मिलित गठबन्धनको सरकारले निरन्तरता पाएको छ ।
न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले मंगलबार रिट खारेज गरिदिएको हो । कोशी प्रदेशमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० वैशाख २७ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ उपधारा ५ बमोजिम यसअघि मुख्यमन्त्री बनेका केदारलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका थिए । त्यसपछि खापुङले हिक्मतलाई उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । नियुक्तिविरुद्ध केदारले रिट दायर गरे पनि सर्वोच्च अदालतले उनको पक्षमा आदेश दिएन ।
प्रतिक्रिया