झापामा खेत जाेत्न गएका राजन चट्याङ लागेर मृत्यु

झापा । झापामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का रहेका छन् । बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिई रहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित