रौतहटमा बहिनीको हत्या आरोपमा दाजु पक्राउ

रौतहट । रौतहटमा आफ्नै बहिनीको हत्या आरोपमा दाजु पक्राउ परेका छन् । परोहा नगरपालिका–८ नरकटिया टोलमा २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्रकुमार रामलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरी रामलाई बाँसको मुङग्रोले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते रहेकी तेतरीको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए । पक्राउ परेका रामलाई ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित