मसलाको रुख निरुत्साहित गर्ने बर्दिवासको नीति तथा कार्यक्रममा समावेश

महोत्तरी / मसलाको रुखका कारण भुमिगत पानीमा समस्या आएको भन्दै बर्दिवास नगरपालिकाले निरुत्साहित गर्ने नीति अवलम्बन गरेको छ ।

नगरसभाको १४ औ अधिवेशनमा मसलाको रुखलाई नगरवाट नै निरित्साहित गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

पछिल्लो समय भुमिगत पानीमा संकट सिर्जना भैइरहेको वेला मसलाको रुख समेत कारक रहेको किसानहरुले गुनासो गर्न थालेका छन ।

यस्लाई पुष्टि गर्नेगरी विभिन्न अध्यण र अनुसन्धानका प्रतिवेदन समेत सार्वजनिक भएका छन । अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वरासक्तीमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीको अनुसार भुमिगत पानीमा यस्ले गहिरो असर पु¥याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।

सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्यणमा ४ सय एमएल देखि१२ सय एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पुर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

मधेशमा किसानहरुले भुमिगत पानीमा मसलाको कारणले नै  संकट गहिरिएको अनुभव र गुनासो गर्न थालेपछी ३ दर्जन पालिकाहरुले हटाउने नीति नै अवलम्बन गरेका छन ।

बर्दिवास नगरपालिकामा त किसानहरुले उक्त रुख हटाउन लिखित उजुरी नै लिएर आएको न्यायिक समितिले जनाएको छ ।

उपप्रमुख तारादेवी महतोले जनगुनासो र उजुरीलाई  संवोधन हुनेगरी नीति तथा कार्यक्रममा समावेश गरिएको वताईन । ५० औ जना किसानहरुले अहिलेसम्म उजुरी नै दिएको उन्को भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित