सुन्दरहरैंचामा सार्वजनिक सुनुवाइ कार्यक्रम : हेर्ने र सुन्ने २५ जना मात्रै , स्थानीयकाे प्रश्नबाट तर्किए नगर प्रमुख गुरागाइ

प्रश्न त गर्नुभयो तर ताली बजाउने मान्छे चै खाेइ भनेपछि....

 सुन्दरहरैचा । सुन्दरहरैचाका नगरप्रमुख केदार गुरागाईले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने सेवाग्राहीलाई प्रश्न त गर्नुभयो खै ताली मान्छे किन नल्याएको भन्दै गैरजिम्मेवारी पूर्ण जवाफ दिएका छन्।

नगरपालिकाको आयोजना तथा टेक मिडिया हाउसको सहजीकरणमा विराटचोकस्थित जेसिस भवन अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रममा एक सेवाग्राहीले मेयर गुरागाईलाई नगरबासी उपस्थिति चाहि किन यति पातलो ?प्रमुख कार्यकारी अधिकृतले प्रयोग गरेको गाडीले दुर्घटना गराएको घाइतेको उपचार कुन स्रोतबाट हुँदैछ ? भूगोल छुट्याएर किन यसरी सार्वजनिक सुनुवाई गरियो ? जेसिबी बिग्रिएको महिनौ भयो अब त्यो कहिले बन्छ लगायतका प्रश्न गरेका थिए।

यी प्रश्नको जवाफ दिन पोडियममा उभिएका नगरप्रमुख गुरागाईले तीप्रश्न कर्ता तीर हेर्दै भने प्रश्न त गर्नुभयो ताली बजाउने मान्छे ल्याएको भए हुन्थ्यो नि किन नल्याएको अब देखि प्रश्न सोध्न आउदा ताली बजाउने र हुटिंङ गर्ने मान्छे पनि ल्याउनु भन्दै नगरप्रमुख जस्तो मान्छेले गैरजिम्मेवारी पूर्ण जवाफ दिएका थिए।

नगरपालिकाले सार्वजनिक सुनुवाई हुँदै छ भने बिभिन्न सामाजिक संजाल तथा सिटीसफारीको प्रयोग गरेर सूचना प्रबाह गरेको भएपनि सेवाग्राहीको उपस्थित कम भएकोमा आफू पनि आश्चर्यमा परेको बताएका थिए। उनले सेवाग्राहीले सोधेको प्रश्नमा भन्दा बढी नगरपालिकाले गरेको काममै बढी समय खर्च गरेका थिए। शुक्रबार वडा नम्बर ८, ९, १० र १२ को सार्वजनिक सुनुवाई कार्यक्रमा ४ वटा वडाका करिव ३० जना जति मात्र सेवाग्राही उपस्थित भएका थिए।

वडा नम्बर १० का जनप्रतिनिधिको उपस्थिति नै थिएन् भने वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ कार्यक्रम नै नसकी बीचमै छाडेर हिडेका थिए। अधिकाम्स कुर्सी खाली थिए भने जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुमा मात्र बाक्लो उपस्थिति रहेको थियो। नगरप्रमुख गुरागाई,उपप्रमुख अंकली चौधरी,प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले सेवाग्राहीको जनगुनासोको जवाफ दिएका थिए। बुधबार वडा नम्बर ३,४ ५ र ६ को सुनुवाई कार्यक्रमा पनि सेवाग्राही भन्दा कर्मचारीको उपस्थित रहेको थिए। यो सार्वजनिक सुनुवाई गरेर जनताको जनगुनासो सुन्ने भन्दा पनि बजेट सक्ने काम मात्र भएको केहि बुद्धीजिबीहरुले आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित