रक्सी ठानेर विषादी पिउँदा पन्जाबी अभिनेता रणदीपसिंह भंगुको मृत्यु

एजेन्सी । पन्जाबी फिल्म उद्योगका चर्चित अभिनेता रणदीपसिंह भंगुको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ३२ वर्षीय अभिनेता भंगुले कीटनाशक विषादी खाँदा उनको मृत्यु भएको हो।  अभिनेता रणदीपले मदिरा सम्झेर विषादी पिउन पुगेको बताइएको छ। 

रणदीप भंगुको असामयिक निधनले पन्जाबी फिल्म उद्योग शोकमा डुबेको छ। उनको आज दिउँसो १२ बजे चुहाड माजरा गाउँनजिकै रहेको श्री चमकौर साहिब (रोपर) मा अन्तिम संस्कार गरिने छ।

प्रहरीको प्रारम्भिक निष्कर्ष यस्तो  

रणदीपको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता भंगुले केही समयदेखि मदिरा पिउने गरेको खुलेको छ।यस क्रममा उनले खेतमा मोटरसाइकलमा राखिएको विषादीको बोतललाई मदिरा सम्झेर पिए।यसपछि उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। उपचारका लागि तुरुन्तै अस्पताल लगिए पनि उनको मृत्यु भयो।

प्रतिक्रिया

सम्बन्धित