बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारलाई कामदार शोषण कसुरमा ४ वर्ष जेल

एजेन्सी । स्विट्जरल्यान्डको एक अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्ये एक हिन्दुजा परिवारका चार सदस्यलाई कामदारको शोषण गरेको कसुरमा ४ वर्षको जेल सजाय सुनाएको छ।हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट कामदार बोलाएर शोषण गरेको ठहर अदालतले गरेको छ। 

प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ। 

प्रकाश हिन्दुजा र कमल हिन्दुजा वृद्ध उमेर र कमजोर स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अभियोजकले अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिएको छ।स्विस मिडिया रिपोर्टका अनुसार सजाय पाएका दोषी फरार छन्। हिन्दुजा परिवारले कामदारको राहदानी जफत गरी न्यूनतम पारिश्रमिकभन्दा कम दिएको ठहर अदालतले गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित